काठमाडौँ । टी ट्वान्टी विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो ।
नेपालका गुल्सन झाले ५४ रन बनाउनुभयो । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्नुभयो । कप्तान रोहित पाैडेल ३७ बलमा ५२ रनमा अविजित रहनुभयो ।
यस्तै, कुशल भुर्तेलले ३१ रन बनाउनुभयो भने करण केसीले ६ बलमा २० रन अविजित बनाउनुभयो ।
नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेटले तथा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनल भेट पक्का गरेको हो। फाइनल पुगेसँगै नेपाल र ओमान सन् २०२४ को जुन महिनामा हुने टी ट्वान्टी विश्वकपका लागि छनोट भइसकेका छन् ।
समूह चरणमा नेपाल ओमानसँग पराजित भएको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०, १२:३१