काठमाडौँ । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ। अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले एमडीएमएस लागू गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
जसअनुसार पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो । पहिलो चरणमा अहिले प्रयोग भइरहेका ८ सयदेखि एक हजार मोवाइल सेट ब्लक हुने अनुमान रहेको प्राधिकरणले जनाएको छ।
चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको र एमडीएमएसमा दर्ता नभएका यस्ता करिब १० हजार मोवाइल सेट नेपालमा प्रयोग भइरहेको अनुमान रहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०, ११:१८