काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिनुभयो । राष्ट्रपति पौडेल कात्तिक २२ गते फ्रान्स जाने तयारी थियो । उहाँ त्यसपछि उतैबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०, १४:५९