काठमाडौँ । मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।
प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको कार्यान्वयन लगायतका माग पूरा नभए पछि आज आन्दोलनको घोषणा गर्न लागिएको मधेश प्रदेश सरकारले जनाएको छ । आन्दोलनको घोषणा गर्न दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्ष गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्रीहरुले बताएका थिए । अब १५ दिनभित्र माग पूरा गर्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिने र त्यो अवधिमा पनि पूरा नभए अन्य आन्दोलनको कार्यक्रम अघि बढाउने प्रदेश सरकारको तयारी छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०, ०९:३१