काठमाडाैँ । यस वर्षको तिहार सुरु भएको छ । तिहारका बेला बजारमा सरसामान किन्नेको घुइँचो हुने गरेको छ । पूजाका सामान, झिलमिल बत्ति, मसला, फलफूल, उपहार र अन्य जिन्सी सरसामान किन्ने क्रम तिहारको बेला धेरै नै हुने गरेको छ । काठमाडाैँको असन, इन्द्रचोक ललितपुरको पाटन मङ्गलबजार लगायतका पुराना बजारमा तिहारका सरसामान किन्नेहरूका कारण खुट्टा राखिनसक्नुको भिड हुने गरेको छ । शनिबार दिउँसोपख असन पुग्दा यस्तै भिडभाड थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०, १७:२८