काठमाडाैँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटककाे माध्यमबाट सामाजिक सद्भाव विगार्ने काम भएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयन हुने पनि मन्त्री शर्मालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ, त्यससम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०, १३:३५