रोल्पा । रोल्पा अस्पतालमा ५० शैयाको अत्याधुनिक भवनबाट सेवा सञ्चालन गरिएपछि रोल्पाली नागरिक खुसी भएका छन् ।
एक महिना अगाडिदेखि नवनिर्मित भवनबाट सेवा सञ्चालन गरिएको रोल्पा अस्पताल रेउघाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर लोकरत्न ज्ञवालीले जानकारी दिनुभयो ।
२०४५ सालमा स्वास्थ्य केन्द्रको रूपमा स्थापना भइ सामान्य स्वास्थ्य उपचार सेवा सुरु गरी स्थापना भएको रोल्पा अस्पतालको सुरुवाती चरण सङ्घर् पूर्ण रहेको थियो ।
सरकारबाट २०५८ सालमा १५ शैया अस्पतालको रूपमा स्वीकृत भइ माबदण्ड अनुसार अस्पतालले सेवा दिदै आएको थियो ।
२०७७/०७८ सालदेखि लुम्बिनी प्रदेश सरकारद्वारा स्वीकृत ५० शैयाको प्रदेश माहतको सरकारी अस्पतालको रूपमा यो अस्पताल स्थापित भएको हो ।
रोल्पा अस्पताल भवन निर्माण कार्य मिति २०७४ असोज ३० गते सुरुभई मिति २०७७ असोज २९ गतेसम्म सम्पन्न गर्ने गरी निर्माण व्यावसायी आशिष/श्री जयन्ती ड्रयागन जेभी काठमाडौ र सहरी सघन तथा भवन निर्माण आयोजना,घोराही,दाङबीच सम्झौता भएको थियो।
कोभिड-१९ तथा विविध कारण भवन समयमै निर्माण हुन नसकी २०८० असार १५ गते सम्पन्न गर्नुपर्ने गरी म्याद थप भई सम्बन्धित सप्लायर्सबाट मिति २०८० जेठ ३२ गते सम्पन्न भएको जानकारी भए पनि भदौ १० गते अस्पताल विकास समिति रोल्पालाई हस्तान्तरण गरिएको थियो।
नवनिर्मित भवन निर्माणका लागि सम्झौता रकम ३७ करोड ४२ लाख ५१ हजार ९ सय ८७.३२ थियो। सम्पन्न भवनको कुल लागत रु.३५ करोड १९ लाख ५७ हजार ३ सय ७४.८५ रहेको छ।
रोल्पा जिल्लाका स्थानीय तहहरु १ नगरपालिका र ९ वटा गाउँपालिकाका करिब ७२ वडाका आम नागरिकहरुले सेवा लिन आउने गरेका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०, ११:३२