काठमाडौँ । नेपाल महिला टी–ट्वान्टी शृङ्खलाको आफ्नो पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको छ । ११६ रनको लक्ष्य पाएको नेपालले १७ औँ ओभरमा ८८ रनमा अलआउट भयो ।
नेपालका सीता रानामगरले ३१ बलमा बनाएको ४३ रन बनाएपनि अन्य ब्याटरले गतिलो योगदान नगर्दा टोलीको जित सम्भव भएन ।
एक समय १७ रन बनाउन पाँच विकेट गुमाएको १७ रन बनाएको खराव स्थितिमा रहेको नेपाललाई सीताले चार छक्कासहित अघि बढाए पनि जितका लागि पर्याप्त भने भएन । कप्तान इन्दु बर्माले १५ रन बनाउनुभयो ।
तान्जानियाका सोफिया जेरोमीले तीन विकेट लिनुभयो । पहिले ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा सात विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालका संगीता राईले दुई विकेट लिनुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०, १६:०२