काठमाडौँ । जाजरकोट भूकम्पका कारण क्षति व्यहोरेका सामुदायिक रेडियोहरूका लागि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्कोले उपकरण सहयोग गरेको छ ।
युनेस्कोको नेपाल प्रतिनिधि एवं काठमाण्डौँ कार्यालयका प्रमुख माईकल क्रोफ्टले भूकम्पका कारण क्षति बेहोरेका सामुदायिक रेडियोहरूका लागि रेडियो उपकरणहरू सामुदायिक रेडियो प्रसारक संघका प्रतिनिधिलाई हस्तन्तरण गर्नुभएको हो ।
भूकम्प प्रभावित सामुदायिक रेडियोहरूको आवश्यकताका आधारमा सहयोग गर्ने गरी ५ थान मिक्चर, ५ थान ल्यापटप, १० थान माइक्रोफोन, १० थान हेडफोनलगायतका उपकरण सामुदायिक रेडियो प्रसारक संघका कार्यकारी निर्देशक प्रमोद तण्डुकारलाई हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा युनेस्को नेपाल प्रतिनिधि तथा काठमाडौँ कार्यालय प्रमुख क्रोफ्टले सामुदायिक रेडियो विपतका समयमा समुदायको सूचनाको आधार भएकाले भूकम्पका कारण बन्द रेडियो पुनः प्रसारण गर्न सहयोग गरिएको बताउनुभयो ।
सहयोगको लागि युनेस्कोलाई धन्यवाद् दिदैं प्राप्त उपकरण तत्काल प्रभावित क्षेत्रमा पुर्याएर जडान गर्नको लागि प्राविधिक टोली परिचालित हुने अकोराबका कार्यकराी निर्देशक तण्डुकारले बताउनुभयो ।
अकोराबले भूकम्पले क्षति पु¥याएका रेडियोमा उपकरण सहयोग गर्ने , उपकरण मर्मत गर्ने र उपकरण जडान गरी पुनः प्रसारण गराउनको लागि सहयोग गर्दै आईरहेको छ भने भूकम्प प्रभावित क्षेत्रका रेडियोकर्मीहरूको क्षमता विकासको काम युनेस्कोलगायतका संस्थाहरूको सहकार्यमा गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०, १२:३१