जाजरकोट । विपद व्यवस्थापन समिति जाजकोटले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न स्थापना गरेको भूकम्प प्रभावित राहतकोषमा हालसम्म ६८ लाखभन्दा धेरै रकम जम्मा भएको छ ।
६८ लाख ५३ हजार १ सय ३४ रुपैयाँ जम्मा भएको विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।
गएराति बसेको समितिको वैठकमा सङ्घीय खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री शक्ति वहादुर वस्नेत र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहको पनि सहभागिता रहेको थियो ।
द्रुत सर्वेक्षण (इरा) प्रतिवेदन अनुसार जाजरकोटका सातै स्थानीय तहमा भएको पूर्ण क्षतिको विवरण पनि समितिमा जानकारी गराइएको थियो ।
जसअनुसार पूर्ण क्षति घरहरू शिवालय गाँउपालिकामा २८ सय , कुशे गाँउपालिका ४६ सय २, जुनीचाँदे गाँउपालिकामा ३९ सय ७८, बारेकोट गाँउपालिकामा ३३ सय २१ रहेका छन् ।
भेरी नगरपालिका ६७ सय ६८, नलगाड नगरपालिकामा ६५ सय ३१ र छेडागाड नगरपालिकामा ६४ सय ९० घरमा पूर्ण क्षति भएको छ ।
मृत्यु हुनेको सङ्ख्या जाजरकोट जिल्लामा १ सय १ जना रहेको र १ सय ५८ जनाको उपचार गरिएको छ । दु्रत सर्वेक्षेण प्रतिवेदन इराको प्रतिवेदनअनुसार जिल्लाभरि ३४ हजार घरधुरीमा आङ्शिक र ९७ सय ५०मा पूर्ण क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी सुनारले यही मङ्सिर ७ गतेभित्र भूकम्पले क्षति पु¥याएका घरमध्ये बस्न मिल्ने र नमिल्ने छुट्याउने काम सकिने र त्यसैअनुसार पालिकाले विपद व्यवस्थापन समितिमा विवरण पेश गर्नुपर्ने बताउनुभयो । विवरण आएपछि राहत वितरण र अस्थायी बसोबासका लागि टहरा निर्माण गर्न रकम दिइनेछ ।
भूइँमा बिछ्याउने पी फर्म ११ हजार १ सय ३० मात्र वितरण
अहिलेसम्म जाजरकोटमा भूइँमा बिछ्याउने पी फर्म ११ हजार १ सय ३० मात्र वितरण भएको छ भने टेन्ट ४ सय ८४ बाँिडिएको छ अनि १ सय ४८ बाँकी छ ।
पी फर्म कुशे गाउँपालिकामा ४२ सय २५, छेडागाड नगरपालिकामा ३१ सय ५१ र जुनीचाँदे गाउँपालिकामा ४० सय ७३ पठाइएको छ ।
नलगाड नगरपालिकामा ९९ सय २३, बारेकोट गाउँपालिमामा ५५ सय ३१, भेरी नगरपालिकामा ६५ सय ९९, शिवालय गाँउपालिकामा २३ सय १ गरी जम्मा ३५ हजार ८ सय ३ ओटा पी फर्म पुगेको समितीका अध्यक्ष सुनारको भनाइ छ ।
बल्याङ्केट कुशे गाउँपालिकामा २८ सय ७० थान पठाइएको छ भने छेडागाड नगपालिकामा २६ सय ५४, जुनीचाँदे गाँउपालिकामा १३ सय ८१ , नलगाड नगरपालिकामा ७९ सय ४४, शिवालय गाउँपालिकामा १ हजार ६ थान पठाइएको छ ।
बारेकोट गाउँपालिमामा ३९ सय २२, भेरी नगपालिकामा ८१ सय २७ थान गरी कुल २७ हजार ९ सय ४ थान बल्याङ्गकेट वितरण गरिसकिएको छ ।
२ सय ८९ ओटा विद्यालयमा पूर्ण क्षति
जाजरकोटमा भूकम्पले २ सय ८९ ओटा विद्यालयमा पूर्ण क्षति पुगेको छ भने स्वास्थ्य संस्थाका १५ ओटा भवनमा पूर्ण क्षति पुगेको जानकारी दिइएको छ ।
२२ ओटामा आङ्शिक क्षति पुगेको छ । जिल्लाका सरकारी कार्यालय १४ ओटामा पूर्ण क्षति पुगेको छ भने ३ ओटामा आङ्शिक क्षति पुगेको छ ।
जाजरकोट भुकम्पमा १ सय ८२ ओटा विभिन्न सङ्घसस्था र व्यक्तिले ,कपडा ,खाद्यान्न, त्रिपाल, टेन्टलगाएतका राहत कार्यमा सहयोग पु¥याएका छन् ।
हालसम्म ३८ हजार ५ सय ८० त्रिपाल, बल्याङ्केट ३० सय ३ सय ५४ थान, चामल ११ हजार ९ सय १७ बोरा र खाने तेल ११ हजार ७ सय ६७ लिटर प्राप्त भएको विपद व्यवस्थापन समिति एक द्धार प्रणाली हेरिरहनु भएका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिनुभयो ।
आज जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् समितिले भूकम्पले क्षति पुर्याएका विभिन्न स्थान तथा सरकारी कार्यालय, विद्यालयहरूको अनुगमत गरी सेवाप्रवाह सुरु गर्ने तयारी गरिएको छ ।
विपद् व्यवस्थापन समितिले पुनर्निर्माणमा स्वयंसेवकको आवश्यकता पर्ने भएकोेले विभिन्न सङ्घसंस्था, राजनीतिक दलहरूबाट परिचालन हुने स्वयंसेवक सेवा पनि एकद्वार प्रणालीबाट सेवामा जान सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०, ०८:००