एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।
अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले ५० ओभरमा २ सय ४० रनमा अलआउट भयो । भारतका लोकेश राहुलले सर्वाधिक ६६, विराट कोहलीले ५३ र कप्तान रोहित शर्माले ४७ रन बनाउनुभयो ।
भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनि त्यो लयलाई कायम राख्न भने सकेन ।
अष्ट्रेलियाका मिसेल स्टार्कले ३ तथा कप्तान प्याट कमिन्स र जोश हेजलवुडले २-२ विकेट लिनुभयो । यस्तै एडम जाम्पा, ग्लेन म्याक्सवेलले एक एक विकेट लिनुभयो ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०, १८:१७