काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सकिएको छ ।
नियमनुसार पूजा र हिजो निराहार ब्रत गरेपछि साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित सूर्यको उपासना गरी श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।
पर्वको पहिलो दिन ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए ।
तेस्रो दिन हिजो अस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए । चौथो दिन आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो ।
काठमाडौँका विभिन्न नदी, लाउहरुमा पनि विधिपूर्वक छठको समापन गरिएको छ ।
तस्विरहरूः लक्ष्मी धिमाल
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०, ०९:०७