जाजरकोट । जाजरकोट भूकम्पछि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
भेरी नगरपालिका २ का हुकुमबहादुर पुनको १ महिने छोरी निरुता चिसोका कारण बिरामी भएकोमा आज जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व वडाअध्यक्ष कालिबहादुर खत्रीले जानकारी दिनुभयो ।
यसअघि चिसोका कारण ११ जना भूकम्प प्रभावितको मृत्यु भएको थियो । तीमध्ये अधिकांश दीर्घ रोगी थिए । पूर्व वडाअध्य खत्रीका अनुसार पालमा रहँदा बिरामी भएपछि उपचारका लागि निरूतालाई दिउँसो अस्पताल ल्याइएको थियो ।
भेरी नगरपालिकाको १ र २ नम्बर वडामा २५ भन्दा धेरै बालबालिका चिसोका कारण बिरामी परेका छन् भने उपचारका लागि शिविर चलाउन स्थानीयबासीले माग गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०, १९:०७