नेपालकी रुक्शना कपाली बीबीसीले प्रकाशन गर्ने संसारभरका प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ । सन् २०२३ मा संसारभरका प्रेरणादायी एवम् प्रभावशाली सय महिलाको सूचीमा कपाली ‘हाउजिङ क्याम्पेनर’ सूचीमा पर्नुभएको बीबीसीले जनाएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा सक्रिय कपाली नेपालमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायलाई कानूनी तथा संवैधानिक अधिकार दिलाउन सङ्घर्षरत हुनुहुन्छ । बीबीसीले मङ्गलबार जारी गरेको सूचीमा कपालीले यौनिक तथा लैंगिकताका विषयमा आफैं सिक्दै आएको जनाइएको छ ।
बीबीसीको सय प्रेरणादायी एवम् प्रभावशाली महिलाको सूचीमा जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकूद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामा संसारभरका महिला समेटिने गरेका छन् ।
यस वर्षको सूचीमा अमेरिकी पूर्व प्रथम महिला एवम् लेखक मिसेल ओबामा, बलिउड अभिनेत्री दिया मिर्जालगायत विभिन्न क्षेत्रमा सक्रिय महिला रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०, १३:५५