काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७९/०८० मा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा काठमाडाैँमा बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गर्नुभएको हो ।
सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले बुझाएको छ । यस्तै निर्यात कारोबारमा डाबर नेपाल प्रालि, विषेश उद्योगमा एसियन पेन्ट्स, कृषि एवम् पशुजन्यमा ओसीबी फुड्स एन्ड फिड्स प्राली, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त, बैङ्क तथा वित्तीय संस्थामा ग्लोबल आईएमई वैङ्क, बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, स्वास्थ तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएका छन् ।
यस्तै पर्यटनतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई लिमिटेड पुरस्कृत भएका छन् । यसैगरी व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर बुझाएकोमा वीजयकुमार शाहलाई सम्मान गरिएको छ । मुल्य अभिव्यक्ति करसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) दुबैतर्फ सूर्य नेपाल प्रालि सम्मान गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०, १४:२१