काठमाडाैँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण शुक्रवारबाट सुरु हुँदै छ ।
प्रतियोगितामा काठमाडौँ र इलामका साथै बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, वीरगन्ज युनाइटेड र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो पटक खेलेको विराटनगर एफसी यस पटक सहभागी छैन । लिग चरणमा हरेक टिमले हरेक टिमसँग खेल्नेछन् । प्रतियोगितामा जम्मा ४० खेल हुनेछन् ।
उद्घाटन खेलमा शुक्रबार साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम खेल्दैछन् । खेल दशरथ रङ्गशालामा साँझ छ बजेपछि सुरू हुनेछ ।
तालिकाको शीर्षस्थानमा रहनेले दोस्रो हुनेसँग पहिलो क्वालिफायर खेल्नेछ । त्यसपछि तेस्रो र चौथो स्थानमा रहनेबिच इलिमिनेटर हुनेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीसँग पहिलो क्वालिफायरमा पराजित हुने टोलीले खेल्नेछ । यो खेल जित्ने र पहिलो क्वालिफायरको विजेताबिच फाइनल खेल हुनेछ ।
अहिलेसम्म घोषणा नभए पनि पहिलो हुनेले कम्तीमा ७० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०, ०७:५७