नेपालगन्ज । यसअघि भारतको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधका कारण डुवानमा पर्दै आएको बाँकेको राप्तीपारी र तटियक्षेत्र यो बर्ष भने हुलाकी राजमार्गका कारण डुवानमा परेको छ ।
सदरमुकाम नेपालगन्जदेखि कटकुइँयासम्मको निर्माणाधिन ४६ किलोमिटर हुलाकी सडकको गलत नक्साङ्कन कारण बस्ती डुवानमा परेका हुन् ।
राप्तीनदीमा तटबन्ध गरिएका कारण राप्तीसोनारी गाउँपालिका ७ का वडाअध्यक्ष रामलखन थारुलाई यो बर्ष राप्तीनदीको बाढीको डर छैन ।
तर उत्तरबाट बग्ने खहरे खोलाको भने उहाँलाई ठूलो डर छ । कारण उत्तरबाट बग्ने खोलाको निकास हुलाकी सडकले थुनिदिएको छ । जसका कारण सडक उत्तरका अधिकांश गाउँ डुवानमा परे ।
‘भर्खरै पानी परेको छ, पानीले गर्दापनि अधिकांश मेरो ७ नम्बर वडाको बस्तीहरु, गेनुवा, भेलौनिया, विश्वम्भरपुर डुवानमा परेको छ ।’ – थारुले भन्नुभयो, ‘ पानी परिरहेकै बेलामा नै म स्थलगतमा गएको थिएँ, राप्ती नदीको कारण होइन कि त्यो बस्तीहरु डुवानमा पर्नुको कारण हुलाकी सडक देखियो । ’
राप्तीसोनारीको ७ नम्बर वडामात्र होइन नरैनापुर गाउँपालिका ५ गंगापुरमा पनि उस्तै समस्या देखियो । अघिल्लो बर्ष जस्तो राप्तीनदीमा बाढी आएको छैन । तर गंगापुरको बस्ती भने डुवानमा छ ।
राप्तीसोनारीको ७ नम्बर वडामात्र होइन नरैनापुर गाउँपालिका ५ गंगापुरमा पनि उस्तै समस्या देखियो । अघिल्लो बर्ष जस्तो राप्तीनदीमा बाढी आएको छैन । तर गंगापुरको बस्ती भने डुवानमा छ । स्थानीय रामफेरन यादवले भन्नुभयो, ‘नरैना गाउँपालिका पूरै डुबेको छ, पानीको कुनै निकास छैन । ’
यो क्षेत्रमा उत्तरबाट ठूलठूला खहरे खोलाहरु पश्चिम दक्षिण मानव बस्ती भएर बग्ने गर्छन् । यसअघि ति खहरे खोलाको बाढी छरिएर बग्ने गरेका कारण उत्तर पश्चिमका बस्तीमा डुवानको समस्या थिएन । तर अहिले सडक अग्लो बनाइएको छ ।
पानीको निकासका लागि पर्याप्त कल्र्भट र पुल बनाइएको छैन । जुन ठाउँमा पुल र कल्र्भट बनाउनु पर्ने हो, त्यहाँ नबनाएर आवश्यक नभएकै ठाउँमा कल्र्भट र पुल बनाइएको छ । जसका कारण पानीको निकास थुनिएको छ ।
नरैनापुरस्थित सोनवर्षाका त्रिभुवन यादवले भन्नुभयो, ‘बाढीको समस्या के हो भने जंगलबाट जतिपनि पानीको बहाव आउँछ, त्यो पानीको बहावलाई चाहिँ अहिले नेपाल सरकारबाट जुन बगौडाको बाटो बनिरहेको छ, त्यो बाटोमा ठाउँठाउँमा पुल र कल्र्भट बनाउन दुरी त एउटा कुरा भयो तर जहाँ पानीको बहाव हुन्छ त्यहाँ पुल र कल्र्भट बनाइदिएनन्, अन्यत्रै बनाइदिएर समस्या भएको हो ।’
सडकमा ४७ वटा कल्र्भट र पुल बन्दैछन् । सडक डिभिजन कार्यालय नेपालगन्जका अधिकारीहरु नक्साङ्कन त्रुटी भएका कारण बस्तीमा बाढीको जोखिम बढेको स्वीकार पनि गर्छन् ।
बर्षौदेखि सडकको प्रतिक्षा गरेका स्थानीयबासी सडक निर्माण हुँदा खुशी छन् । तर त्यही सडकले निम्त्याइरहेको डुवानले भने चिन्तित छन् ।
साढे दुई वर्षमा निर्माण सक्नुपर्ने गरि ६६ करोडको लागतमा नेपालगन्जको पुष्पलाल चोकदेखि कटकुइँयासम्म ४६ किलोमिटर सडक निर्माण भइरहेको छ ।
सडकमा ४७ वटा कल्र्भट र पुल बन्दैछन् । सडक डिभिजन कार्यालय नेपालगन्जका अधिकारीहरु नक्साङ्कन त्रुटी भएका कारण बस्तीमा बाढीको जोखिम बढेको स्वीकार पनि गर्छन् ।
तर यसमा आफूहरुले केही गर्न नमिल्ने बताउनुहुन्छ, कार्यालयका इन्जिनियर सुरेश चौधरी ।
चौधरीले भन्नुभयो, ‘यसमा हामीलाई इस्टिमेट सबै माथिबाटै गरेर पठाएको हो, बढीमा ६ मिटरको मात्रै कल्र्भट हुन्छ । यो भन्दा बढी हामी केही गर्न सक्दैनौं ।’
हचुवाको भरमा डिजाइन गरिएको निर्माणाधिन हुलाकी सडकले उत्तरतिरका दुई दर्जनबढी बस्ती जोखिममा परेका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६, १०:१०