जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चँदाराको चिसोबाट मृत्यु भएको छ । भूकम्पले घर भत्काए पछि त्रिपालमुनि बस्दै आएकी चँदारा करिब एक महिना अघि मात्र सुत्केरी भएको नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताउनुभयो ।
घर बाहिर त्रिपालमुनि बस्दै आएकी चँदाराको चिसोबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
गत कात्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ जना घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ घरमा पूर्ण तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको सरकारले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०, १४:२२