काठमाडाैँ । मोरङको उर्लाबारीमा कात्तिक २६ गते भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
आगलागीमा परी घाइते भएका उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको थियो । यसअघि आगलागीमा परी घाइते भएकामध्ये उर्लाबारी ७ कै रुकुमबहादुर कार्की, कुमार तामाङ, हेमकुमार दाहाल र तपन पण्डितको मृत्यु भएको थियो ।
कात्तिक २६ गते लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगो लागेको थियो । आगलागीका क्रममा सिलिन्डर विष्फोट हुँदा आगो निभाउन गएका चारजना प्रहरीसहित २८ जना घाइते भएका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०, १०:५७