नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका–८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।
यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै संजिव गुरूङसमेतले दायर गरेको रिटमा सर्बाेच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो ।
पाण्डे र गुरुङले २०७४ सालमै दुबै परिवारको सहमतिमा विवाह गरे पनि विवाह दर्ता गराउन भने पाउनुभएको थिएन । अझै पनि सबै समलिङ्गीहरुलाई विवाह दर्तामा सहज भने नरहेको यो समुदायका नागरिकले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०, १९:१६