काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित पदयात्रा अभियान सुरू गरेको छ । बैतडीको झुलाघाटबाट बिहीबार अध्यक्ष केपी शर्मा ओलीले पदयात्राको शुभारम्भ गर्नुभएको छ । झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर पदयात्राको आरम्भ गर्दै अध्यक्ष ओलीले एमालेको यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन सघाउने दाबी गर्नुभयो ।
एमालेले यसलाई ुसमृद्धिका लागि संकल्प यात्राुको नाम दिएको छ । जसमा एमाले केन्द्रीय, स्थानीय नेता कार्यकर्ताहरुको संलग्नता रहने छ ।
पदयात्राको उद्देश्य सरकारले गरिरहेका कामकाबारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने तथा एमालेलाई स्थानीय नागरिकसँग अझ धेरै जोड्ने रहेको एमालेले जनाएको छ ।
अभियान पाँचथरको चिवाभन्ज्याङमा आउँदो पुस २ मा सम्पन्न हुने छ । मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरुमा एमालेका नेता कार्यकर्ताहरु पदयात्रामा जोडिने एमालेले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०, ११:४५