काठमाडाैँ । नेकपा एमाले कोशी प्रदेश कमिटीका पूर्वसदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ । आइतबार राप्रपाकाे केन्द्रीय कार्यालयमा आयोजित कार्यममा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई पार्टीमा प्रवेश गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।
धरान निवासी कार्की ब्लास्ट खबर दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०, १६:०५