काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहनुभएकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेर भेटवार्ता गर्नुभएको हो । भेट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र द्विपक्षीय सहकार्य थप बढाउन महत्त्वपूर्ण विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०, १०:४४