काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् रेखा शर्माले जानकारी दिनुभयो ।
समिति सदस्यमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेको उहाँले जानकारी दिनुभयो । समितिलाई ३० दिनमा प्रतिवेदन पेश गर्ने मन्त्री शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०, ११:५७