काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १४ किलो सुनसहित १ जनालाई गएराति पक्राउ गरेको छ ।
प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले गोरखा बारपाकका चन्द्र घलेलाई सुनसहित पक्राउ गरेको प्रहरी प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिनुभयो ।
उहाँका अनुसार घले फ्लाइ दुबईको जहाजबाट काठमाडौँ उत्रेका थिए । शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले सुन बरामद गरेको जनाइएको छ ।
उक्त सुन ल्याउने कार्यमा संलग्न अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०, ०९:४६