काठमाडाैँ । नेपाल १९ वर्षमुनिको एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।
एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविसले ६२ बलमा ५६ र कप्तान साद बेगले ५० रन बनाउनुभयो ।
नेपालका गुलशन झाले २ र आकाश त्रिपाठीले १ विकेट लिनुभयो । दुबइमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभर २ बलमा एक सय ५२ रन बनाएको थियो । नेपालका उत्तम थापा मगरले सर्वाधिक ५१, दीपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुभयो ।
पाकिस्तानका मोहम्मद जिशानले ९ दशमलव २ ओभरमा १९ रन खर्चेर ६ विकेट लिनुभयो । नेपालले आउँदो आइतबार भारतसँग खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०, १७:३७