काठमाडाैँ । सरकारले वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको दाबी गरेकाे छ ।
यूएईको दुबईमा आयोजित सम्मेलनमा सहभागी भएर स्वदेश फर्कनुभएका वन तथा वातावरणमन्त्री विरेन्द्र महतोले सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएकाले सम्मेलन नेपालका लागि उपलब्धिमूलक भएको दाबी गर्नुभयो ।
सम्मेलनमा नेपाल सरकारी तथा गैरसरकारी क्षेत्रको एकैस्वर रहनुका साथै यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएका कारण प्रभावकारी उपस्थिती भएको उहाँको भनाइ छ ।
मन्त्री महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको पनि बताउनुभयो ।
यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तक्रिया गरिएको मन्त्री महतोले जानकारी दिए । यूएईको दुबईमा मंसिर १४ गते सुरु भएको सम्मेलन मंसि २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०, १५:३८