बासुदेव पोखरेल
गुल्मी । धुर्कोट गाउँपालिका–२को पिपलधारा कृषि तथा पशु विकास महिला बहुउद्देश्यीय सहकारी संस्थामार्फत स्थानीय सुन्तलाको बजारीकरण थालिएको छ ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनविकास केन्द्रद्वारा सञ्चालित धुर्कोट कृषि तथा पशु उद्यमशीलता परियोजनाले बजारीकरण सुरु गरेको हो। बिचौलियाबाट किसान ठगिएको गुनासो आएपछि स्थानीय व्यापारी, किसान र सहकारी मिलेर सुन्तला बजारीकरण गरिएको व्यवस्थापक माया थापाले बताउनुभयो ।
अहिले पिपलधाराका सुन्तला बुटवल, नारायणगढ, नवलपुर, काठमाडौँसम्म पठाउने काम भइरहेको उहाँले बताउनुभयो ।
हालसम्म ९ हजार ६६० किलो सुन्तला निर्यात गरी किसानले ४ लाख ७८ हजार रुपैयाँ प्राप्त गरेको व्यवस्थापक थापाले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०, १६:५४