काठमाडौँ । एक हप्ताअघिदेखि सुरु भएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ ।
गृहमन्त्रालयका अनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते छन् । घाइतेमध्ये ११ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने अरु उपचारपछि घर फर्किसकेका छन्।
बाढीपहिरो र डुबानबाट प्रभावित ३३ सय ६६ जनाको उद्धार गरिएको छ ।
गएको बिहीबारदेखि आइतबारसम्म निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको थियो। क्षतिको विवरण सङ्कलन र राहत वितरणमा तीव्रता दिइएको सरकारले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्रारम्भिक अनुमानअनुसार मनसुन सुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करिब चार लाख ५२ हजार नागरिक प्रभावित भएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६, १५:४८