काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो । मङ्सिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबिच राय बाझिँदा खाणबारे निर्णय हुन सकेको थिएन ।
न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न मिल्ने आदेश दिनुभएको हो ।
खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिनुभएको थियो । दुई न्यायाधीशबिच राय बाझिएकाले आज अर्को इजलासले यसबारे निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०, १७:४८