१९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा बङ्गलादेश र यूएई खेल्ने भएका छन् । आज भएका सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४ विकेटले र यूएईले पाकिस्तानलाई ११ रनले हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
उपाधिको दाबेदार मानिएको भारतले पहिले ब्याटिङ गर्दै, ४२ ओभर ४ बलमा एक सय ८८ रन बनाएको थियो । १८९ रनको लक्ष्य बङ्गलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
स्तै, युएईले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४९ ओभर ३ बलमा, एक सय ८२ रनमा अलआउट भयोे । यूएई पहिलो पटक १९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि आइतबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०, १८:५२