काठमाडौँ । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा नेपालमा आज शोक मनाउँदैछ ।
गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायण भट्टराईले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय अनुसार आज कुवेतका अमिर सबाहको सम्मानमा शोक मनाउन लागिएको जानकारी दिनुभएको हो ।
त्यसअनुसार नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा अस्ति निधन भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८०, ०९:४३