काठमाडौं । निरन्तरको वर्षाका कारण देशका अधिकांश भू भाग प्रभावित भएको छ ।
डुुबान, पहिरो र बाढीका कारण विशेषगरी क्रमशः प्रदेश १, २ र ३ बढि प्रभावित भएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या देखिन थालेको छ ।
सप्तरीका सिलादेवी सदालाई ज्वरो आउन थालेको ३ दिन भयो । बाढिका कारण उहाँको घर मात्रै होइन सिंगो गाउँका झन्डै ३९ घर नै डुुबानमा परे । तर, अहिलेसम्म उहाँले औषधि उपचार गर्न पाउनुुभएको छैन ।
महोत्तरी मनरा सिसवाका अरविन्द कुमार यादवको परिवारमा पनि स्वास्थ्य समस्या देखिन थालेको छ । यादवले भन्नुभयो, ‘फोहोर पानी पिउनुपर्ने बाध्यता छ,आवश्यक औषधिको पनि अभाव छ ।’
रौतहटका शिवहरी महतोको माटोको घर छ । डुुबानका कारण उहाँको घरभरि पानी पस्यो । विद्यालयमा आश्रय लिएर बसिरहनु भएका उहाँको परिवारलाई खान, बस्न जति समस्या छ, स्वास्थ्य समस्याले झन सताउन थालेको छ ।
५५ लाख जनसङ्ख्या रहेको प्रदेश २ र ४६ लाखको हाराहारीमा रहेको प्रदेश १ मा बाढी र डुुबानका कारण हजारौं मानिस प्रभावित भएका छन् ।
५५ लाख जनसङ्ख्या रहेको प्रदेश २ र ४६ लाखको हाराहारीमा रहेको प्रदेश १ मा बाढी र डुुबानका कारण हजारौं मानिस प्रभावित भएका छन् ।
सरकारले प्रभावित क्षेत्रका लागि विभिन्न ११ जना सम्पर्क व्यक्ति तोकेको छ ।
प्रभावित क्षेत्रमा कुनैपनि किसिमको समस्या नहोस् भनेर ती समिति मार्फत् स्थानीयदेखि प्रदेश र केन्द्र सरकारले काम गरिराखेको बताउनुहुन्छ, स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन ईकाइका प्रमुख चुुडामणी भण्डारी ।
भण्डारीले भन्नुभयो, ‘पथलैयामा एउटा टिम पठाएका छौं, त्यो टिमले बारा, पर्सा र रौतहटको लागि काम गर्छ । बर्दिबासमा एउटा टिम पठाएका छौं, त्यो टिमले सर्लाही, महोत्तरी र धनुषाको लागि काम गर्छ । अनि लहानमा एउटा टिम छ, त्यो टिमले सिरहा र सप्तरीको लागि काम गर्छ ।’
चिकित्सकका अनुसार बाढीले पिउने पानी र वातावरण दूषित हुनगई बाढीग्रस्त क्षेत्रमा संक्रमण हुन जोखिम उच्च रहन्छ ।
भण्डारीले अगाडी भन्नुभयो, ‘औषधिको स्थिति के छ, स्वास्थ्य संस्थाको स्थिति के छ भन्ने जानकारीहरु लिंदैछौं । दुईवटा मेडिकल टिम लहान र बर्दिबासमा पठाएका छौं ।’
चिकित्सकका अनुसार बाढीले पिउने पानी र वातावरण दूषित हुनगई बाढीग्रस्त क्षेत्रमा संक्रमण हुन जोखिम उच्च रहन्छ ।
झाडापखाला, ज्वरो आउने, टाउको र पेट दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या देखिने भएकाले नागरिक आफैं पनि सचेत रहनुपर्ने विज्ञको सुझाव छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६, ०९:२०