दाङ । लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई जना मन्त्री थपेर मन्त्रिपरिषद् ९ सदस्यीय बनाउनुभएको हो । नवनियुक्त मन्त्री कृष्णा केसी र सरोज थापालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउनुभयो ।
बाँकेको क्षेत्र नं। १(१)बाट निर्वाचित माओवादी केन्द्रकी केसीले सहरी विकास तथा प्युठान क्षेत्र नम्बर १(२) बाट निर्वाचित सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी दिइएको छ । यससँगै लुम्बिनी मन्त्रीपरिषद् ९ सदस्यीय भएको छ ।
प्रदेशमा १० वटा मन्त्रालय छन् । वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैँले राख्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०, १७:४७