काठमाडौँ । एकजनाको मृत्यु हुनेगरी हिजो धनगढीमा भएको बम बिस्फोटमा मृत्यु हुने रामबहादुर सिंह विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको पुष्टि भएको छ ।
आज दिउँसो विनाइएको छ ।प्लव समूहका सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकिएको विस्फोटक पदार्थ पड्किएको ज
पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको र उनलाई आफ्नो पार्टीले सहिद घोषणा गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हिजो साँझ भएको विस्फोटमा लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डे घाइते भएका थिए भने उनीहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
उनीहरु मध्ये सेरला विप्लव समूहकै कार्यकर्ता भएको दाबी प्रहरीले गरे पनि विप्लव समूहले केही खुलाएको छैन ।
विष्फोटमा घाइते भएकाहरुको उपचार खर्च पार्टीले ब्यहोर्ने उल्लेख गर्दै सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'घाइते भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौँ । अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’
घटनाको मुलकारण ‘दलाल पुँजीवादी संसदीय व्यवस्था’ भएको विप्लव समूहको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६, १४:१०