काठमाडाैँ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा लागेका दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेमाथिको अभियोग पुष्टि हुने फैसला गरेको हो ।
लामिछानेलाई कति वर्ष कैद सजाय हुने भन्ने फैसला भने आज भएको छैन । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी प्रावधान अनुसार पुस २५ गते न्यायाधीश ढकालको इजलासमै सुनुवाइ हुने र त्यसपछि लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्ने जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार रामु शर्माले सीआईएनसँग बताउनुभयो ।
अदालतले प्रतिवादी 'गाैशाला २६' नाबालिक गरेकाे दाबी भने अस्वीकार गर्दै उहाँ बालिग रहेकाे तर कमजोर आर्थिक अवस्थाकाे फाइदा उठाउँदै सन्दीपले बलात्कार गरेको ठहर गरेको हो । स्रेस्तेदार शर्माका अनुसार सन्दीपले जेल बाहिरबाटै पुनरावेदन भने गर्न पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०, १९:२३