जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जुनिचाँदे गाँउपालिकामा ३८ प्रकारका औषधि पठाएको छ ।
सीआईएनको संयोजन, जाजरकोट र रुकुम पश्चिमका सामुदायिक रेडियोको सहकार्यमा जाजरकोटको रेडियो खलङ्गाले उत्पादन गर्दै आएको कार्यक्रम जीवनरक्षाको आज बिहानको अङ्कमा नाम खुलाउन नचाहाने एक स्थानीयबासीले गुनासो राखेका थिए ।
पालिकामा भूकम्पपछि त्रिपाल र टहरामा बस्दा चिसोका कारण भूकम्प प्रभावितहरू बिरामी परेको र जनप्रतिनिधबीच पनि राम्रो समन्वय नभएका कारण औषधि समयमा पुग्न नसकेको उनको भनाइ थियो ।
उक्त प्रश्नमा जवाफ दिँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले औषधिलगायतका समस्या समाधानका लागि समन्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
बिहान रेडियो कार्यक्रमा छलफल भयो भने दिउँसो जुनिचाँदे गाँउपालिकाका नागरिकका लागि आवश्यक पर्ने ३८ प्रकारका औषधि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले जानकारी दिनुभयो ।
जुनीचाँदे गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष रामबहादुर नेपालीले स्वास्थ्य कार्यालयबाट प्राप्त औषधि आवश्यक्ताका आधारमा वितरण गरिएको सीआईएसँग बताउनुभयो ।
कार्यक्रम जीवनरक्षा हरेक दिन बिहान ७ बजेदेखि आधाघण्टा प्रसारण हुन्छ ।
आज पठाइएको औषधिको सूचीः
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०, २३:४६