काठमाडौँ । गोरखा भूकम्प गएको ३ वर्ष पूरा हुँदा पनि भूकम्प प्रभावितहरू अझैँ पालमुनि बस्न बाध्य भएका छन् ।
सरकारले दिने राहत रकमको प्रतिक्षामै कतिपयको दिन बितिरहेको छ भने कतिपय भूकम्प प्रभावित भने बस्ती स्थानान्तरणको अपेक्षामा छन् । अति प्रभावित जिल्ला सिन्धुपाल्चोकमा अझै पनि ६ सय २४ घर पुननिर्माण गर्न बाँकी नै छ ।
पुनर्निर्माण नगरिँदा जोखिमयुक्त स्थानमा दिनरात बिताउनुपर्दा त्रास उत्पन्न हुने गरेको मेलम्ची नगरपालिका ५ का प्रेमबहादुर रोकाले बताउनुभयो ।
सरकारले दिने आर्थिक सहाता पाउने लाभग्राही सूचीमा नाम नभएका कारण पनि भूकम्प प्रभावित अन्यौलमा परेका छन् ।
रेडियो मेलम्ची सिन्धुपाल्चोकका देवराज सुवेदीका अनुसार सिन्धुपाल्चोकमा ९ सय १२ लाभग्राहि जोखिमको सुचिमा परेका थिए । ति मध्ये २ सय ८८ घर परिवारको सुरषित स्थानमा स्थानान्तरण भइसकेको छ ।
बाँकि ६ सय २४ घर जोखिममा छन । अन्त जग्गा छैन भएको जग्गा पहिरोको जोखिममा छ । जुगल गाउँपालिकाको सेलाङ, भोताङ, बरुवा लगायत स्थानमा जोखिमयुक्त घरहरु धेरै छन् ।
मेलम्ची नगरपालिकामा वडा नम्बर ५, ६, र ११ वडा गरि ३ वडाका बस्तिहरु जोखिममा रहेको भूगर्भविद्हरुको अध्यनबाट खुलेको थियो ।
'एक त आर्थिक अवस्था कमजोर, त्यसमा पनि सरकारले दिने अनुदानको रकम पाउनको लागि लाभग्राही सूचीमै नाम नपरेपछि भत्केको घरमा बस्नुपरेको छ ।' निलकण्ठ नगरपालिका १२ साँकोष धादिङका बासुदेव श्रेष्ठले भन्नुभयो ।
ती बस्तिहरुलाइ बिभिन्न बर्गमा नामाकरण गरिएको छ । क वर्गमा परेका बस्तिहरुको स्थानान्तरणको काम भइरहेको बताउनुहुन्छ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल ।
विनाशकारी भुकम्पको ४ वर्षमा धादिङका धेरै भुकम्प प्रभावितले आफ्नो घरको छानो फेरिसके । तर केही भने अझै टहरामा नै छन् ।
रेडियो धादिङका डोल्मा मोम्बाका अनुसार थाक्रे गाउँपालिका वडा नम्वर ९ केबलपुरका रामचन्द्र इटनीले भुकम्पले ढलेको घर अझै उठाउन सक्नुभएको छैन ।
'एक त आर्थिक अवस्था कमजोर, त्यसमा पनि सरकारले दिने अनुदानको रकम पाउनको लागि लाभग्राही सूचीमै नाम नपरेपछि भत्केको घरमा बस्नुपरेको छ ।' निलकण्ठ नगरपालिका १२ साँकोष धादिङका बासुदेव श्रेष्ठले भन्नुभयो ।
सरकारको आश गर्दागर्दै ३ वर्ष वितेपछि ऋण गरेरै घर बनाएका निलकण्ठ १२ कै अन्नपूर्ण श्रेष्ठलाई अहिले ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । नीलकण्ठ नगरपालिका १२ साङकोशका सेतीमाया श्रेष्ठले सकसपूर्ण जीवन बिताउनुपरेको गुनासो सुनाउनुभयो ।
धादिङमा कुल प्रभावितमध्ये ७५ प्रतिशत प्रतिशले घरको छानो फेरिसकेका छन् । बाँकी २५ प्रतिशत प्रभावित भने सरकारी अनुदानको आशमा छन् । रकारले भने भूकम्प प्रभावित ३२ जिल्लामा गुनासो सुनुवाइ र जोखिममा रहेका बस्ती स्थानान्तरणको काम तीब्र गतिमा भइरहेको दावी गरीरहेको छ ।
गुनासो सुनुवाइबाट १ लाखभन्दा धेरै सङख्यामा लाभग्राही थपिएको र २ सय ७२ वटा बस्ती सार्नुपर्ने विज्ञको समूहले निष्कर्ष निकालेको राष्ट्रिय पुन निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सीआईएनसँग बताउनुभयो ।
प्राविधिकका कारण लाभग्राही सूचीमा पर्नबाट कोही बञ्चित भएको भए ती समस्या समाधानको प्रक्रिया पनि चाँडै सुरु गरिने प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६, ०८:०५