काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र भारतका विदेशमन्त्री एस जयशंकरबिच शिष्टाचार भेटवार्ता भएको छ ।
दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएका विदेशमन्त्री जयशंकरले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा मुद्दा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभएको थियो ।
उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०, १२:२३