सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सीआईएनलाई जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते बासिन्दा घाइते भएका छन् ।
झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरे पनि यसकाे पुष्टि भइनसकेको उहाँले बताउनुभयो । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको प्रजिअ धमलाले बताउनुभयो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पना कटुवालको घरमा ढुङ्गा मुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ । प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रण गर्न हवाई फायर र अश्रु ग्यास प्रहार गर्नुपरेको प्रहरीले जनएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०, १७:०५