काठमाडाैँ । सर्लाहीको बरहथवामा गत शुक्रबार प्रहरीको प्रहरीको गाली लागेर मृत्यु भएका जयशङ्कर साहको शव उठाउने सहमति भएको छ । सर्वपक्षीय वार्तामा आन्दोलनरत पक्षका सबै माग पूरा गर्ने गरी प्रकृया सुरु गर्ने सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सीआईएनसँग बताउनुभयो ।
जसअनुसार दोषीलाई छानबिन गरी कारबाही गर्ने, मृतक साहलाई शहीद घोषणा गर्न सरकारलाई लेखि पठाउने, विद्यालयमा साहको शालिक राख्ने लगायत सहमति भएको र अहिले हस्ताक्षर गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । सरकारले माग पुरा नगरेको भन्दै स्थानीयले शव उठाएका छैनन् । स्थानीयले आज पनि आफ्नो माग राख्दै प्रदर्शन गरेका थिए । प्रदर्शन चर्किएपछि भोलि बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०, १८:३६