काठमाडाैँ । सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । बरहथवामा भएकाे छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सीआईएनलाई जानकारी दिनुभयाे । सहमतिसँगै अब मृतक साहकाे शव उठाउने र आन्दोनरत पक्षले आन्दोलनका अन्य कार्यक्रम फिर्ता लिन उहाँले बताउनुभयो ।
गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागिएकाे छ ।
बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो । तीन दिन देखि शव नउठाइ प्रदर्शन भइरहेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०, १९:२४