विराटनगर । राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । विष्टको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र समर्थकमा प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ रहनुभएको थियो ।
सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि सभामुखमा उम्मेदवारी दिएको थिएन ।
तत्कालिन सभामुख बाबुराम गौतमले राजिनामा दिएपछि प्रदेश सभा समाभुख विहिन थियो ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०, १६:१४