काठमाडौं । मुगुका गेहलाल सावद ६० वर्षको हुनुभयो । उहाँको जीवन कुटो कोदालोकै भरमा चलेको छ । गेहलाललाई खेती किसानीको लागि आधुनिक मेशिन भए सजिलो हुन्थ्यो जस्तो लाग्छ तर उहाँको खेती गर्ने तरिका परम्परागत छ ।
सावदले भन्नुभयो, ‘मेशिन भइदिएको भए हलुका हुन्थ्यो, हातैले गर्नुपर्छ, हलोकै भर छ । ’
काभ्रेका विष्णुप्रसाद सापकोटाले थोरै भएपनि आधुनिक प्रविधिको उपयोग त गर्नुभएको छ तर उत्पादनले मुल्य नपाएको गुनासो गर्नुहुन्छ ।
सापकोटाले भन्नुभयो, ‘मैले पाँच महिना लगाएर बन्दा तयार गरेँ, त्यो लगेर बजार १० रुपैयाँ किलो बेच्छु । ७/८ रुपैयाँ त मेरो लागत परेको छ । अनि उसले १० मा किनेर २० मा बेच्छ । डबल खान्छ ।’
काभ्रेका विष्णुप्रसाद सापकोटाले थोरै भएपनि आधुनिक प्रविधिको उपयोग त गर्नुभएको छ तर उत्पादनले मुल्य नपाएको गुनासो गर्नुहुन्छ ।
लमजुङका कृष्णप्रसाद बजगाईले तरकारी तथा फलफूल उत्पादन गर्नुहुन्छ । उत्पादन मौसममा फालाफाल, बेमौसममा अपुग हुन्छ । गाउँमा नै चिस्यान केन्द्र भए किसानलाई सजिलो हुने उहाँ बताउनुहुन्छ ।
मुस्ताङमा वर्षेनी ५३ सय मेट्रिक टन स्याउ फलेपनि यातायातको सुविधा नहुँदा किसानले समस्या भोगिरहेका छन् ।
तराईमा सिंचाइको सुविधा र मलको अभावले धान उत्पादन कम हुन थालेको छ । जसले गर्दा आफूहरु निरुत्साहित भएको धनुषाका किसान भरत महतोको भनाइ छ ।
शीतभण्डार, बिउ भण्डार, चिस्यान केन्द्र, कृषि सूचना केन्द्र, आधुनिक प्रविधि जस्ता कृषिसम्बन्धी पूर्वाधारहरुको अभावले यस क्षेत्रमा आकर्षण घट्दो छ ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ६४ प्रतिशत नागरिक कृषिमा आश्रित छन् । कृषि क्षेत्रको बढ्दो समस्याका कारण कृषि पेशा प्रतिको मोह भने घट्दै गएको छ ।
शीतभण्डार, बिउ भण्डार, चिस्यान केन्द्र, कृषि सूचना केन्द्र, आधुनिक प्रविधि जस्ता कृषिसम्बन्धी पूर्वाधारहरुको अभावले यस क्षेत्रमा आकर्षण घट्दो छ ।
प्रविधिको अभाव, मलको अभाव, मुल्य नपाउनु, यातायातको असुविधा लगाएतका कारण किसान चिन्तामा छन् । कृषि विभाग भने काम गरिरहेको बताउँछ ।
विभागका कृषिविज्ञ डाक्टर राम कृष्ण श्रेष्ठले यि समस्या समाधानका लागि काम भइरहेको बताउनुभएको हो ।
कृषि क्षेत्रको वार्षिक औषत बृद्धिदर ३ दशमलव ४ प्रतिशत मात्रै छ । यसको मुख्य कारण कृषि क्षेत्र आधुनिक र व्यवसायिक हुन नसक्नु रहेको कृषि विज्ञहरु बताउँछन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६, ०७:१५