काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटाकाअनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र–०१–०२३ च ६९८५ नम्बरको कार शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौँको मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँका महेशकुमार गौतम, महेशकी छोरी छ वर्षीया स्मारिका र छोरा चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।
स्मारिकाको उपचारको क्रममा मृत्यु भएको हो । महेशकी श्रीमती सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल हुनुभएको प्रहरीले जनाएको छ ।
शनिबार चित्लाङ घुम्न जाने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हेटौंडा–काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत भइरहेका कारण सडक बन्द छ ।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०, १६:५६