काठमाडौं । नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)ले यसअघिका अधिकांस नेतालाई दोहो¥याएर जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो । ६ महानगरले जिल्ला कमिटीको हैसियत पाएका छन् ।
सचिवालयकोे निर्णयलाई केन्द्रीय कमिटी र स्थायी समितिमा पनि पेश गरिने भएकाले नामावली सार्वजनिक ढिला भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ ।
तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् । विभिन्न विभाग, आयोगको नेतृत्वका विषयमा पनि आज टुङगो लाग्न सकेन ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६, १७:१२