काठमाडाैँ । माघी पर्वको अवसरमा काठमाडाैँको टुँडिखेलमा महोत्सव आयोजना गरिएको छ । सोमबार र मङ्गलबार चल्ने महोत्सबमा थारू समुदायका माैलिक परिकारका साथै भेषभुषा र अन्य सरसामान पनि राखिएको छ । महोत्सबको पहिलो दिन सोमबार ५० हजार जनाले महोत्सव अवलोकन गरेको आयोजकले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८०, १६:३०