काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा देशभरका १ सय ९० स्थानीय तह निमित्तको भरमा चलिरहेको पाइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा पालिका निमित्तको भरमा चलिरहेको गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरलले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने कर्मचारी नपुगेका पालिकामा निमित्त तोकेरै भए पनि काम नरोकिएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराइले तोकिएको कर्मचारी उपलब्ध नभए त्यसभन्दा एक तह तल्लो व्यक्तिलाई जिम्मेवारी दिएर काम चलाउने अवस्था रहेको बताउनुभयो ।
पूर्व मुख्यसचिव बिमल कोइरालाले भने निमित्तका भरमा काम गर्ने प्रवृति गलत भएको टिप्पणी गर्नुभयो ।
स्थानीय सरकारका जनप्रतिनिधिले आफूअनुकुलका प्रशासकीय अधिकृत लैजान खोज्ने र कुरा नमिले राजनीतिक पहुँचका आधारमा सरुवा गराउने गलत अभ्यास पछिल्लो समयमा बढ्दै गएपछि मन्त्रालयलाई कर्मचारी व्यवस्थापनमा समस्या हुने गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०, ०९:५५