काठमाडौँ । नेपालको खेतीयोग्य जमिनमा प्राङ्गारिक पदार्थ कम र अम्लीयपन बढ्दै गएको सरोकारवाला निकायले बताएका छन् ।
यसले माटोको उत्पादन क्षमता घटेको छ । नेपालको माटोको डिजिटल नक्साङ्कनमा ४० देखि ४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम देखिएको छ ।
खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको रहेको पाइएको छ । बढी उत्पादन पाउने उद्देश्यले रसायनिक मलको असन्तुलनीय प्रयोगले माटोको उर्वराशक्ति घटिरहेको विज्ञले बताएका छन् ।
तराईमा पराल, भुस, गहुँका बोटलाई खेतबारीमा नै जलाउने गर्दा पनि माटोको उर्वरा शक्ति नष्ट भइरहेको उनीहरूको भनाइ छ ।
उर्वराशक्ति बढाउन माटोको परीक्षण गरी रसायनिक मलको प्रयोग कम र प्राङ्गारिक मलको प्रयोग अधिकतम गर्नुपर्ने माटो विज्ञ जीवन सुवेदीले सीआईएनसँग बताउनुभयो ।
सुवेदीकाअनुसार उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत हुनु आवश्यक हुन्छ । तर नेपालका माटोको प्राङ्गारिक पदार्थको मात्रा १ दशमलब ९६ प्रतिशत रहेको छ ।
कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ.गारिक पदार्थ ४ प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०, १०:२८