काठमाडौँ । सहरी क्षेत्रमा खास गरी बालबालिकालाई लक्षित गरी बिक्री गरिने कटन क्याण्डी खान अयोग्य रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको जाँचबाट कटन क्याण्डीमा अखाद्य रङ् प्रयोग गरिएको प्रमाणित भएसँगै यो खान अयोग्य रहेको प्रमाणित भएको हो ।
विभागले सार्वजनिक सूचना निकालेर रंगिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ्ग रोडा माइन बिको प्रयोग भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको जनाएको हो ।
विभागले लेबल लगाएका बाहेक खुल्ला रूपमा विक्री वितरण गरिने कटन क्याण्डी उपभोग नगर्न तथा नगराउन पनि अनुरोध गरेको छ।
कटन क्याण्डी खास गरी काठमाडौँ लगायत विभिन्न स्थानका सडक पेटी, बजार, मेला लगायतमा बालबालिकालाई लक्षित गरी बिक्री गर्ने गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०, १४:४९